site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
५१ किलो गाँजासहित तीनजना पक्राउ

वाग्मती । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो ५०० ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको गाडी जाँच गर्दा ३३ किलो गाँजासहित चालक हेटौँडा उपमहानगरपालिका–५ का ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङ पक्राउ परेका हुन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो ५०० ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro