site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सामाखुसीमा खुल्यो सिनेमा हल, एरोम्याक्स वाई बार्को साउन्ड जडान 

काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर महलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । बिहीबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गरेका छन् ।

तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा  दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे  कसमी बार एन्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ ।

Dabur Nepal
NIC Asia

विशेषत यो हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

करिब १८ करोड लागतमा निर्माणमा ल्याइएको हललाई मल्टिप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिएको छ । क्यूएफएक्सको हल संख्या १७ पुगेको  छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro