site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कमलालाई ट्रम्पको नस्लीय प्रश्न– काला जाति कि भारतीय ?
फाइल तस्बिर ।

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धीका विषयमा नस्लीय प्रश्न गरेका छन् । उनले डेमोर्क्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसको नस्लीय पहिचानबारे प्रश्न गरेका हुन् ।

काला जातिका पत्रकारहरूको एक सम्मेलनमा बुधबार ट्रम्पले कमला काला जाति कि भारतीय हुन् ? भन्दै प्रश्न गरे । कमलाले यसअघि आफूलाई एसियन–अमेरिकनको विरासतमा जोड दिँदै आएको उनले उल्लेख गरे । तर, अहिले काला जातिको भन्न थालेको ट्रम्पले बताए ।

Argakhachi Cement Island Ad

ट्रम्पले भने, “अब उनी काला जातिकी बनेकी छन् ।”

बुधबार शिकागोमा नेसनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टको सम्मेलनमा ट्रम्पले भने, “केही वर्षअघिसम्म उनी काला जातिको भएको मलाई थाहा थिएन । अब उनले आफूलाई काला जातिको व्यक्तिका रूपमा पेस गर्न चाहिरहेकी छन् । यसले गर्दा म जान्दिनँ, उनी भारतीय कि काला जातिकी हुन् ।”

जवाफस्वरूप कमलाले ट्रम्पको भनाइ पुरानो जमानाको विभाजनकारी र अपमानजनक व्यवहार भएको बताएकी छन् ।

कमलाकी आमा भारतीय र बाबु जमैकाका हुन् । उनको जन्म भने अमेरिकामा भएको हो । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्