site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हानिया हत्या प्रकरण : इजरायललाई कठोर सजाय दिने इरानको चेतावनी
तस्बिर : ईपीए ।

तेहरान । इरानले आफ्नो भूमिमा हमासका नेता इस्माइल हानियाकोे हत्या गरिएको विषयमा इजरायललाई कठोर सजाय दिने चेतावनी दिएको छ । बुधबार बिहान इरानको राजधानी तेहरानको एक भवनमा हानियाको हत्या गरिएको थियो । हत्याको जिम्मेवारी इजरायलले लिइसकेको छैन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक टेलिभिजनन सन्देशमा इजरायलीका निम्ति चुनौतीपूर्ण दिन अगाडि रहेको बताएका छन् । उनले कुनै पनि चुनौती सामना गर्न आफूहरू एकीकृत र प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पछिल्ला घटनाक्रमले मध्यपूर्वमा नै तनाव बढ्न सक्ने चेतावनी दिएका छन् । मध्यपूर्वको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक बोलाइएको जनाइएको छ  ।

इरानको राजधानीमा नै हमासका नेता मारिएका कारण त्यहाँको सुरक्षा अवस्थाका विषयमा समेत गम्भीर प्रश्न उठाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro