site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का छन् । 

खड्का चार दिनअघि लागु औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । 

मंगलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।  रासस
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro