site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यातायात व्यवस्था विभागको सर्भरमा समस्या, सेवा रोकिन सक्ने

काठमाडौं । यातायात व्यवस्था विभागको विद्युतीय लाइसेन्स प्रणालीको सर्भरमा समस्या आएको छ । गत सातादेखि नै विभागको सर्भरमा समस्या आउँदा देशभरका यातायात कार्यालयहरूमा सेवाग्राहीले लाइसेन्ससम्बन्धी सेवा पाउन समस्या भोगिरहेका छन् ।

मंगलबार पनि सर्भरमा समस्या देखिएको विभागले जनाएको छ । सर्भर भएको कोठामा तारहरू पग्लिएको र चिस्यानका लागि प्रयोग भएको एसी बिग्रिएको हुन सक्ने ठानिएको छ ।

समस्या समाधानका लागि काम भइरहेको र समाधान भएमा भोलि (बुधबार) सेवा प्रभावित नहुने विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

"आजै राति समस्या समाधान गर्ने गरी काम भइरहेको छ । समाधान भयो भने भोलि सेवा जारी रहन्छ," उनले बाह्रखरीसँग भने ।

विभागले सञ्चालनमा राखेको विद्युतीय प्रणाली पुरानो भएको र निरन्तर मर्मतसम्भार नहुँदा समस्या आउन थालेको अधिकारीहरूको भनाइ छ ।

विद्युतीय लाइसेन्सका लागि प्रयोगमा रहेको सफ्टवेयर पनि सुस्त रहेको तर अहिले सर्भरमा समस्या आउँदा सेवा रोकिने स्थिति बनेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro