site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा ३० घर डुबानमा, मध्यराति कौसीमा गएर बसे स्थानीय
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीको दृश्य । फाइल तस्बिर ।

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका‐५, दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेको छ । गए रातिको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीयको ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

मध्यरातिदेखि बस्तीमा पानी पसेको थियो । अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो ।

घरको भुइँतलाका भान्सादेखि शयनकक्ष समेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । नौ गाडी र २० भन्दा बढी मोटरसाइल समेत पूरै डुबेर क्षति पुगेको छ ।

स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताइन् । घरमा राखिएका गाडी, मोटरसाइकल र अरू समानमा क्षति पुगेको उनले उल्लेख गरिन् । लाखौँको क्षति पुगेको उनको भनाइ छ ।

मध्यराति कोठामा पानी पसेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर परिवार कौसीमा गएर बस्नुपरेको स्थानीय कला थापाले बताए ।

यो क्षेत्रमा बस्ती बढेको छ । खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरेको छ । कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ ।

स्थानीय केही जनप्रतिनिधि र नेता मंगलबार बिहान त्यहाँ पुगेर अवस्थाको निरीक्षण गरेका थिए । स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए ।

खोलामा करिडोर बनाउन वर्षौँदेखि माग गरिए पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेका पाण्डेले बताइन् । खोलाको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एउटा खाद्य कम्पनीमा क्षति पुगेको जानकारी दिए । बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै उनले साँझसम्ममा सबै विवरण प्राप्त हुने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro