खेल
काठमाडौं । जापानी राष्ट्रिय फुटबल टिमका पूर्वस्टार केइसुके होन्डा नेपाल आउने भएका छन् । भुटानको पारो एफसीले एएफसी च्यालेन्ज कपका निम्ति होन्डालाई क्लबमा अनुबन्ध गरेसँगै उनी नेपाल आउने पक्का भएको हो ।
आउँदो महिना हुने प्लेअफमा पारो एफसीले नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तालिका छ । पारोले सामाजिक सञ्जालमार्फत होन्डा काठमाडौंमा हुने खेलमा उपलब्ध रहने जनाएको छ ।
३८ वर्षीय होन्डाले जापानबाट ९७ क्याप जितेका छन् । उनले सन् २०१४ देखि १७ सम्म इटालियन सिरी ‘ए’को क्लब एसी मिलानबाट समेत खेलेका थिए । उनले सन् २०१८ देखि २०२३ सम्म कम्बोडिया फुटबल टिमको प्रशिक्षण समेत सम्हालेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्