site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘अर्कोपटक भोट हाल्नु नपर्ने’ ट्रम्पको भनाइको अर्थ खोज्दै अमेरिकी

वासिङटन । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले केही दिनअघि इसाईहरूको सार्वजनिक कार्यक्रममा ‘यसपालि मत हाले अर्कोपटक हाल्न नपर्ने’ अभिव्यक्ति दिएको विषयमा बहस जारी छ ।

यसबारेमा प्रतिक्रिया जनाउन ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टीवेन चेङसँग आग्रह गर्दा उनले सिधै केही बोलेनन् । तर, भने “ट्रम्पले देशलाई जोड्ने कुरा गरिरहनुभएको थियो ।”

उनले उक्त प्रसंग बदल्दै ट्रम्पमाथि दुई हप्ताअघि भएको हमलामा राजनीति गर्ने कार्य भइरहेको आरोप लगाएका थिए ।

ट्रम्पको भनाइबारे वकिल एन्ड्रयु सिडलले सोसल मिडियामा लेखेका छन्, “यो इसाई राष्ट्रवाद होइन । ट्रम्प हाम्रो लोकतन्त्रलाई खतम गर्ने र इसाई देश बनाउने कुरा गरिरहेका छन् ।”

नायक मर्गर फेयरचाइल्डले सोसल मिडियामा लेखेका छन्, “यदि, म दोस्रोपटक चुनाममा मत हाल्न चाहन्छु भने ? मैले सधैँ भन्ने गरेको छु– हामीलाई दोस्रोपटक मतदान गर्ने मौका मिलोस् । यो अमेरिका हो ।”

एनबीसीका कानुनी कमेन्टेटर कैटी फङ भन्छन्, “दोस्रो शब्दमा भन्नुपर्दा, यदि ट्रम्प राष्ट्रपतिमा चुनिए भने ह्वाइहाउस कहिल्यै छोड्ने छैनन् ।”

राजनीतिक टिप्पणीकार कीथ ओलबरमेनले भनेका छन्, “अहो, ट्रम्पले २०२८ को चुनाव रद्द गरिदिए !”

डेमोर्क्र्याटिक सिनेटर मार्टिन हेनरिचका कम्युनिकेसन डाइरेक्टर कैटी पेटीले भनिन्, “जब हामी भन्छौँ कि ट्रम्प लोकतन्त्रका लागि खतरा हुन्, हामी बताउन खोजिरहेका छौँ । त्यो अब ट्रम्पले नै भनिदिए ।”

डेमोर्क्र्याटिक उमेदवार कमला ह्यारिसका चुनावी प्रचार प्रवक्ता जेसन सिंगरले ट्रम्पको भनाइ ‘हैरान र पछि धकेल्ने खालको’ भएको बताए ।

ट्रम्पको भनाइ किन चिन्ताजनक ?
ट्रम्पको उक्त अभिव्यक्तिलाई कतिपयले पुरानो भनाइसँग जोडिरहेका छन् । उनले सन् २०२३ डिसेम्बरमा फक्स न्युजलाई दिएको अन्तर्वार्तामा यदि आफूले राष्ट्रपति चुनाव जितेमा केवल पहिलो दिनका निम्ति तानाशाह बन्ने ताकि मेक्सिकोसँगको दक्षिणी सीमा बन्द गर्न र तेल निकाल्ने कार्य विस्तार गर्न सकियोस् भनेका थिए । डेमोर्क्र्याट्सले यो भनाइको  आलोचना गर्दा ट्रम्पले आफूले मजाक गरेको बताएका थिए ।

उनले यसअघि पनि निरंकुश शासकको प्रशंसा गरेको पाइएको जनाइएको छ । ती शासकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, हंगेरीका भिक्टर ओरबन र उत्तर कोरियाका किम जोङ उन पनि हुन् ।

द गार्जियनको रिपोर्टका अनुसार, ह्वाइहाउसका एक पूर्वकर्मचारीले दाबी गरेका थिए कि एकपटक ट्रम्पले हिटलरले केही काम राम्रो गरेको समेत बताएका थिए । हिटलरले नाजी शासनका क्रममा ६० लाख यहुदीको हत्या गरेका थिए ।

इसाईमा ट्रम्पको किन जोड ?
अमेरिकी जनगणना विभाग मानिसको धर्मको आँकडालाई जुटाउँदैन । थिंक ट्यांक प्यु रिसर्च सेन्टरको अनुमानमा अमेरिकी आवादी इसाईको करिब ७० प्रतिशत छ ।

२०२० जनवरीमा क्यापिटल हिलमा जब ट्रम्प समर्थकले धावा बोलेका थिए, त्यति बेला इसाई धर्मसँग जोडिएका झन्डा पनि देखिएको थियो । केही झन्डामा जिसस २०२० लेखिएको थियो । क्यापिटल हिलतर्फ अघि बढ्नुअघि केही व्यक्तिले घुँडा टेकेर प्रार्थना गरेको समेत देखिएको जनाइएको छ । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro