site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कमला ह्यारिसले गरिन् उमेदवारी घोषणा
फाइल तस्बिर ।

वासिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका निम्ति आफ्नो उमेदवारीको आधिकारिक घोषणा गरेकी छन् ।

“आज मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका निम्ति आधिकारिक रूपमा मेरो उमेदवारी घोषणा गर्ने फारामहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मिहिनेत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ,” कमलाले आफ्नो पोस्टमा भनेकी छन् ।

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमलालाई डेमोर्क्याटिक पार्टीले आफ्नो उमेदवारका रूपमा समर्थन जनाएको छ ।

यसअघि, शुक्रबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका निम्ति कमलालाई सार्वजनिक रूपमा समर्थन गरेका थिए । ओबामाले आफू र अमेरिकाकी पूर्वप्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा कमलाको जित निश्चित गर्न सक्दो सहयोग गर्ने बताए ।

यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई ‘महान् उपराष्ट्रपति’ भनेका थिए । “उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ,” बाइडेनले भनेका थिए ।

ह्वाइट हाउसका प्रेससचिव करिन जिन पियरेले डेमोर्क्याटिक पार्टीबाट राष्ट्रपति उमेदवारका निम्ति कमलाभन्दा योग्य अरू नभएको बताएका थिए रासस/एएनआई

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro