site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक आजदेखि : नेपालबाट सात खेलाडी

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित ओलम्पिक–२०२४ आजदेखि आधिकारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल जुलाई २४ देखि सञ्चालन गरिएको थियो । महिला फुटबल जुलाई २५ देखि सुरु गरिएको थियो ।

प्रतियोगितामा विश्वभरका कुल २०६ देशको सहभागिता छ । आप्रवासी ओलम्पिक टिम समेत समावेश छन् ।

प्रतियोगितामा ३२ खेलका ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा विश्वभरका कुल १० हजार ७१४ खेलाडीको सहभागिता छ ।

नेपालबाट ६ खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पौडीमा एलेक्जेन्डर शाहले पुरुष १०० मिटर फ्री स्टायल र डुवाना लामाले महिला २०० मिटर फ्री स्टायल, एथलेटिक्समा सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५ किलोमिटर), ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।

जुडोमा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि, टेबलटेनिसमा श्यान्टु श्रेष्ठले पुरुष सिंगल्स र सुटिङमा सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्जेन्डर, डुवाना र श्यान्टु हाल विदेशमै प्रशिक्षणरत छन् ।

सात खेलाडीमध्ये श्यान्टु छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले ओलम्पिकमा सहभागिता जनाउन लागेको पहिलोपटक हो ।

पौडी प्रशिक्षकमा नयना शाक्य, एथलेटिक्समा कान्ती महतो, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देबु थापा र सुटिङ प्रशिक्षकमा प्रदीप खाँती छन् । ब्याडमिन्टका प्रिन्स भने प्रशिक्षकविहीन छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro