site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समकक्षताका निम्ति पाँच हजार घुस लिने केन्द्रका कर्मचारी निलम्बनमा

काठमाडौं । समकक्षताको प्रमाणपत्र लिने क्रममा पाँच हजार रुपैयाँ घुस लिने पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निलम्बन गरेको छ  ।

प्रतिनिधिसभाको बुधबारको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले घुस लिने कर्मचारीलाई सात दिनका निम्ति निलम्बन गरिएको जानकारी दिइन् । 

घटनाको छानबिनका निम्ति तीन सदस्यीय समिति गठन गरेको र समितिले प्रतिवेदन नबुझाएसम्म कर्मचारीलाई निलम्बन गरिएको उनले बताइन् । 

साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिने क्रममा केन्द्रका कर्मचारीलाई पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए । 

पूर्वमन्त्री समेत रहेका सांसदले पाँच हजार घुस दिएको विषयलाई लिएर सो दिन प्रतिनिधिसभा बैठकमा विभिन्न टिप्पणी भएको थियो । यसबारे मन्त्रालयले सात दिनभित्र प्रतिवेदन बुझाउनेगरी साउन ७ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro