site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक वर्षमा एक लाख १२ हजार विद्यार्थीलाई विदेश पढ्न अनुमति 

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार ५९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०८० साउन १ गतेदेखि ०८१ असार ३१ सम्म सो संख्यामा एनओसी जारी भएको उल्लेख छ । 

यस अवधिमा ९४ वटा विषय पढ्न नेपाली विद्यार्थी ६६ वटा देश गएका छन् । तीमध्ये सबैभन्दा धेरै ३४ हजार ७३१ जनाले जापानका निम्ति एनओसी लिएका छन् । 

Dabur Nepal
NIC Asia

विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा छ । क्यानडा जान सो अवधिमा १५ हजार ९८२ विद्यार्थीले एनओसी लिएका छन् । तेस्रोमा अष्ट्रेलिया छ । सो देशका निम्ति १४ हजार ३७२ वटा एनओसी जारी भएको छ । 

यस्तै, युकेका निम्ति १३ हजार ३३९, यूएसएका निम्ति ११ हजार २६१, कोरियाका निम्ति ६ हजार ८८९, भारतका निम्ति दुई हजार ३८९ र यूएईका निम्ति दुई हजार १४७ एनओसी जारी भएका छन् । यीबाहेक अन्य मुलुक जान एनओसी लिनेको संख्या दुई हजारभन्दा कम छ । 

सबैभन्दा धेरै ३३ हजार ६९७ वटा एनओसी जापनिज् भाषा विषयमा जारी भएको छ । यस्तै, म्यानेज्मेन्टमा २८ हजार ८९१, विजनेसमा १० हजार २९ तथा आईटीमा पाँच हजार ९११ एनओसी जारी भएका छन् । 

यसैगरी  विज्ञानमा पाँच हजार ३८४, स्वास्थ्मा चार हजार १५९, इन्जिनियरिङमा चार हजार ४२६, कम्प्युटर साइन्समा चार हजार ९९२ तथा साइन्स एन्ड टेक्नोालोजीमा चार हजार १०२, हस्पिटालिटीमा दुई हजार ५४३, आट्र्समा एक हजार ८१३ वटा एनओसी जारी भएको तथ्यांक छ । यीबाहेकका विषय पढ्न एनओसी लिनेको संख्या एक हजारभन्दा कम छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro