site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओनाना एस्टोन भिल्लामा अनुबन्धित

काठमाडौं । इंग्लिस क्लब एस्टोन भिल्लाले मिडफिल्डर अमाडोउ ओनानालाई एभर्टनबाट ५० मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

२२ वर्षीय युवा मिडफिल्डर ओनानाले युरो–२०२४ मा बेल्जियमबाट सबै खेलमा मौका पाएका थिए । अब उनले एभर्टनबाट च्याम्पियन्स लिगमा प्रतिनिधित्व गर्नेछन् ।

Dabur Nepal
NIC Asia

ओनाना सन् २०२२ मा लिलबाट एभर्टनमा अनुबन्ध भएका थिए । उनले एभर्टनबाट ७२ खेल खेल्दा चार गोल गरेका छन् ।

गएको जुनमा मिडफिल्डर डग्लास लुइजलाई युभेन्ट्सले ४२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । त्यसपछि भिल्लाका प्रशिक्षक युनाई इमेरी नयाँ मिडफिल्डरको खोजीमा थिए ।

“म फेरि च्याम्पियन्स लिग खेल्नेछु र यो निकै उत्साहित कुरा हो,” भिल्लामा अनुबन्ध भएपछि ओनानाले भने, “क्लबमा विश्वकै उत्कृष्टमध्येका एक प्रशिक्षक पनि छन् र मलाई लाग्छ, उनले क्लबको फुटबललाई उच्चस्तरमा लैजान सक्छन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro