site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काभा यू–२० महिला भलिबल : सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा आज नेपालले सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दै छ । लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा उसलाई प्रतिद्वन्द्वी पाएको हो ।

लिगमा अपराजित श्रीलंका तीन खेल जित्दै आठ अंक जोडेर शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारसहित पाँच अंकको कीर्गिस्तान दोस्रो भयो । एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अंकसहित तेस्रो र सबै तीन खेलमा पराजित घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।

Dabur Nepal
NIC Asia

लिगको शीर्ष टिम श्रीलंका र चौथो स्थानको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो स्थानको कीर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रतियोगिताका दुवै सेमिफाइनल खेल आज हुनेछन् । नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाइनल नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल लिग चरणमा कीर्गिस्तानविरुद्ध सोझो सेटमा पराजित भएको थियो । सेमिफाइनलमा नेपालसामु त्यो हारको बदला लिने अवसर छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro