site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विद्यार्थीको मागबारे बंगलादेशी सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

ढाका । बंगलादेशमा सरकारी जागिरमा दिइएको आरक्षण व्यवस्थाको विरोधमा जारी विद्यार्थी आन्दोलनका विषयमा त्यहाँको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । हाइकोर्टले यसअघि आरक्षणबारे सरकारले सन् २०१८ मा जारी गरेको ‘सर्कुलर’लाई रद्द गरेको थियो ।

त्यही कारण विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्् । त्यसले बंगलादेशमा ठूलो जनधनको क्षति भएको छ ।

विद्यार्थीको मागको जवाफमा सरकारले सुनुवाइमा आरक्षण सुधारका निम्ति बहस गर्ने योजना बनाएको थियो । यद्यपि, यसले हिंसा रोकिन्छ भन्नेमा अनिश्चितता छ । किनकि, प्रदर्शनकारी विद्यार्थी र आमराजनीतिक तहमा मतभेद छ ।

हालैको हिंसामा १०० भन्दा बढी मानिस मारिएका छन् । त्यसकारण सरकारले कर्फ्यु लगाउनुपरेको छ । साथै, सडकमा सेना पनि तैनाथ गरिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको मुद्दामा समर्थन जनाएकी छन् । उनले अदालतको फैसलामा निराशा नजनाउने समेत बताएकी छन् । यो अवस्थामा विपक्षी बीएनपीले भने आन्दोलन जारी राख्ने विषयमा समर्थन गर्दै आएको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro