site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/०८१ को असारमा मात्र दुई हजार ७५६ जनाले देवीको दर्शन गरेका छन् । आवको २०८०/०८१  पहिलो महिना अर्थात् गत साउनामा एक हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए ।

भदौमा पाँच हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

Dabur Nepal

पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैंपछि चैतेदसैं (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्छन् । 

भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैंको समयमा ४९ हजार १६३  भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ ।

समितिका अनुसार मंसिरमा २० हजार ४१६, पुसमा ५ हजार ६५५ र माघमा ६ हजार ४०१ जनाले पूजापाठ गरेका छन् । 

फागुनमा १७ हजार ९१२ र  चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा आठ हजार ६२९ र असारमा दुई हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।

तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । 

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । 

वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro