site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन दिनमा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढ्यो (सूचीसहित)
SkywellSkywell

काठमाडौं । पछिल्लो तीन दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.२०९ प्रतिशतले बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । तर, सेयर मूल्य सबैको एकैनासले बढेको छैन ।

बढेको बजारमा कतिपय कम्पनीको सेयर मूल्य घटेको पनि छ । बजार बढ्दा पनि केही कम्पनीको सेयर मूल्य घटेको छ । मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १३ प्रतिशतले घट्दा यस कम्पनीको सेयर मूल्य एक हजार ४९३ रुपैयाँबाट तीन दिनमा घटेर एक हजार २९९ रुपैयाँमा झरेको छ । 

बजार ८ प्रतिशतले वृद्धि हुँदा ५७ कम्पनीको सेयर मूल्य १० देखि २४ प्रतिशतसम्म बढेको छ । यसको अर्थ यी कम्पनीका लगानीकर्ताले बढेको बजारमा तीन दिनमा १० देखि २४ प्रतिशतसम्म कमाए । 

Dabur Nepal
NIC Asia

सर्वाधिक सेयर मूल्य बढ्नेमा मन्दाकिनी हाइड्रोपावर छ । यस कम्पनीको सेयर मूल्य२३.८९ प्रतिशतले वृद्धि भएको छ । गत असार ३१ गते ५६५ रुपैयाँ कायम भएको यस कम्पनीको सेयर मूल्य आज (साउनगते) ७०० रुपैयाँ कायम भएको छ । तीन दिनमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँले बढेको छ । 

त्यस्तै, पछिल्लो तीन दिनमा १० प्रतिशतभन्दा बढीले सेयर मूल्य बढ्नेमा कुमारी बैंक, नेपाल एसबीआई बैंकलगायत प्रायः सबै वाणिज्य बैंक परेका छन् । 

रकमका हिसाबले तीन दिनमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा युनिलिभर, बोटलर्स नेपाल (बालाजु), राष्ट्रिय बिमा कम्पनी, बोटलर्स नेपाल (तराई),साल्ट ट्रेडिङ कर्पाेरेसन, उपकार लघुवित्त, इमर्जिङ नेपाल र जनउत्थान समुदायिक लघुवित्त छन् । यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २०० भन्दा बढी नाफा आर्जन गरेका छन् । युनिलिभरका लगानीकर्ताले भने प्रतिकित्ता पाँच हजार १७२ रुपैयाँसम्म नाफा आर्जन गरेका छन् । 

अहिले युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ५२ हजार ५०० पुगेको छ । पछिल्ला दिनमा बजार बढेसँगै कुल बजार पुँजीकरण(लगानीकर्ताको कुल सम्पत्ति) ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार साढे १५ खर्ब रुपैयाँको सेयर कारोबार भएको छ । 

यी हुन् प्रतिशतका हिसाबले सबैभन्दा बढी सेयर मूल्य बढेका ५७ कम्पनी :

सी.न.संकेतकम्पनीको नामबजार मूल्य 
असार ३१साउन ३परिवर्तन (%)परिवर्तन (रु)
MHLमन्दाकिनी हाइड्रोपावर लिमिटेड५६५७००२३.८९  १३५
PMHPLपञ्चकन्या माई हाइड्रोपावर लिमिटेड२३६.२२८८.९२२.३१  ५२.७
SIKLESसिक्लेस हाइड्रोपावर लिमिटेड८०५.८९७२२०.६३  १६६.२
TRHतारागाउँ रिजेन्सी होटल लिमिटेड८०७९७०२०.२०  १६३
SHELसिंगटी हाइड्रो इनर्जी लिमिटेड१७१.५२०५१९.५३  ३३.५
ENLइमर्जिङ नेपाल लिमिटेड११०८१३१५१८.६८  २०७
SHINEशाइन रेसुङ्गा विकास बैंक लिमिटेड४०५.१४७५१७.२५  ६९.९
CHCLचिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड४६५५४३१६.७७  ७८
RFPLरिभर फल्स पावर लिमिटेड३६९.१४२९.९१६.४७  ६०.८
१०BARUNबरुण हाइड्रोपावर कम्पनी लिमिटेड२९६३४४.७१६.४५  ४८.७
११MMKJLमाथिल्लो मैलुन खोला जलविद्युत लिमिटेड५५८.८६५०१६.३२  ९१.२
१२PRVUप्रभु बैंक लिमिटेड१६३.७१९०१६.०७  २६.३
१३KBLकुमारी बैंक लिमिटेड१५३.७१७८.११५.८८  २४.४
१४SBIनेपाल एसबीआई बैंक लिमिटेड३२८३८०१५.८५  ५२
१५LSLलक्ष्मी सनराइज बैंक लिमिटेड१७५२०१.५१५.१४  २६.५
१६PCBLप्राइम कमर्सियल बैंक लिमिटेड२२१.८२५५१४.९७  ३३.२
१७CHDCसीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड११५९१३३११४.८४  १७२
१८UHEWAमाथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड४६६.३५३५१४.७३  ६८.७
१९ULBSLउपकार लघुवित्त वित्तीय संस्था लिमिटेड१९८५.३२२७१.६१४.४२  २८६.३
२०MEROमेरो लघुवित्त वित्तीय संस्था लि.७००८००१४.२९  १००
२१JSLBBजनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेड१४२५.११६२८१४.२४  २०२.९
२२CZBILसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड१९३.५२२११४.२१  २७.५
२३ACLBSLआरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड१२३०१४००१३.८२  १७०
२४FOWADफरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड१४१३१६०८१३.८०  १९५
२५NIMBनेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड१७५.११९९.११३.७१  २४
२६MCHLमेन्छियाम हाइड्रोपावर लिमिटेड४४९५१०१३.५९  ६१
२७NMFBSनेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड१४०९१५९९.४१३.५१  १९०.४
२८RIDIरिडी पावर कम्पनी लिमिटेड१९०.५२१६.२१३.४९  २५.७
२९EHPLइस्टर्न हाइड्रोपावर लिमिटेड५५०.१६२४१३.४३  ७३.९
३०CKHLचिर्ख्वा हाइड्रोपावर लिमिटेड६०६.७६८७१३.२४  ८०.३
३१OHLओरिएन्टल होटल्स लिमिटेड७८५८८८.३१३.१६  १०३.३
३२NRNएनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड७४८८४६१३.१०  ९८
३३MNBBLमुक्तिनाथ विकास बैंक लिमिटेड३६७४१५१३.०८  ४८
३४EDBLएक्सेल विकास बैंक लिमिटेड४५३५१२१३.०२  ५९
३५AHPCअरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड१७७.९२०११२.९८  २३.१
३६RADHIराधी विद्युत् कम्पनी लिमिटेड२६८.२३०३१२.९८  ३४.८
३७ADBLकृषि विकास बैंक लिमिटेड२९४३३१.८१२.८६  ३७.८
३८NICAएनआईसी एसिया बैंक लिमिटेड४४३.२५००१२.८२  ५६.८
३९GBIMEग्लोबल आईएमई बैंक लिमिटेड१९४.२२१८.३१२.४१  २४.१
४०TSHLथ्री स्टार हाइड्रोपावर लिमिटेड५९०६६२.२१२.२४  ७२.२
४१NICLBSLएनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड७०५७९०१२.०६  ८५
४२STCसाल्ट ट्रेडिङ कर्पोरेसन४९०५५४८०११.७२  ५७५
४३NFSनेपाल फाइनान्स लि.८९४९९७.८११.६१  १०३.८
४४HDHPCहिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड१४९१६६.२११.५४  १७.२
४५MBLमाछापुच्छ्रे बैंक लिमिटेड२००२२३११.५०  २३
४६DHPLदिव्येश्वरी हाइड्रोपावर लिमिटेड२१३२३६.५११.०३  २३.५
४७LBBLलुम्बिनी विकास बैंक लिमिटेड४१६.६४६२.५११.०२  ४५.९
४८PHCLपिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड३१९.९३५५१०.९७  ३५.१
४९CFCLसेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड५३२५९०.२१०.९४  ५८.२
५०UNLयुनिलिभर नेपाल लिमिटेड४७३२८५२५००१०.९३  ५१७२
५१IHLइन्ग्वा हाइड्रोपावर लिमिटेड४५०४९९१०.८९  ४९
५२HBLहिमालयन बैंक लिमिटेड२०४.२२२६.३१०.८२  २२.१
५३NUBLनिर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड७११.९७८८१०.६९  ७६.१
५४PPLपिपुल्स पावर लिमिटेड४५५५०३१०.५५  ४८
५५SINDUसिन्धु विकास बैंक लिमिटेड४५४५०११०.३५  ४७
५६MDBमितेरी विकास बैंक लिमिटेड५४०५९५.९१०.३५  ५५.९
५७BHDCविन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड५८०६३८१०.५८

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu