site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनोद चौधरीको सम्पत्ति बढेर पुग्यो दुई अर्ब डलर, फोर्ब्सको बने १७६३औँ अर्बपति
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका घोषित एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढेर दुई अर्ब डलर पुगेको छ । व्यावसायिक घरना चौधरी ग्रुपका अध्यक्ष रहेका उनको सम्पत्ति गत वर्षको तुलनामा यसवर्ष २० करोड अमेरिकी डलरले बढेको फोर्ब्सले जनाएको छ । गत वर्ष सन् २०२४ मा उनको सम्पत्ति एक अर्ब ८० करोड अमेरिकी डलर थियो । यसवर्ष बढेर दुई अर्ब डलर पुगेको चर्चित म्यागजिन फोर्ब्सले जनाएको छ ।

चौधरी फोर्ब्सको धनीको सूचीमा १७ सय ६३ स्थानमा छन् । चौधरीले सीजी कर्प ग्लोबललाई कन्ट्रोल गर्दै आएका छन् । चौधरीको नेपालमा नबिल बैंक र वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्सका साथै होटेलमा ठूलो लगानी रहेको छ ।

चौधरीको वाइवाइ चाउचाउ भारत, सर्बिया, बंगलादेशमा उत्पादन भइरहेको छ । यसैगरी अफ्रिकी मुलुक इजिप्टमा पनि वाइवाइ चाउचाउ उत्पादन गर्ने कारखाना निर्माणको चरणमा रहेको छ ।

चौधरीको ठूलो आम्दानी चेन होटलबाट आउने गरेको छ । उनले भारतको ताज ग्रुपसँगको साझेदारीमा पाँचतारे लक्जरियस होटेलहरू सञ्चालन गर्दै आएका छन् । यसैगरी उनका छोरा निर्वाण चौधरीले नेपालमा रहेको बिजनेस सम्हाल्दै आएका छन् भने राहुल र वरुण चौधरीले विदेशको व्यवसाय हेर्दे आएका छन् ।

६९ वर्षीय चौधरी सन् २०१६ मा पहिलोपटक फोर्ब्सको डलर अर्बपति सूचीमा प्रवेश गरेका हुन् । त्यसबेला उनको कुल सम्पत्ति एक अर्ब १० करोड डलर थियो । त्यसपछि उनको सम्पत्ति निरन्तर बढेको थियो ।

फोर्ब्सले बुधबार सार्वजनिक गरेको ३९औँ अर्बपतिको सूचीमा तीन हजार जनासँग धनीसँग कुल १६० खर्ब (१६ ट्रिलियन) डलर सम्पत्ति रहेको जनाएको छ । सबैभन्दा धनीमा अमेरिकाका टेस्ला गाडी उत्पादक एलन मस्क भएका छन् । ५३ वर्षीय मस्कको सम्पत्ति घटेर तीन खर्ब ४२ अर्ब डलरमा सीमित भएको छ । उनी सामाजिक सञ्जाल एक्सका मालिक पनि हुन् ।

यस्तै, दोस्रो स्थानमा फेसबुकका सहसंस्थापक मार्क जुकरवर्ग भएका छन् । उनको सम्पत्ति दुई खर्ब १६ अर्ब डलर रहेको छ । भारतका मुकेश अम्बानीको फोर्ब्सको सूचीमा १८औँ स्थानमा छन् । उनको कुल सम्पत्ति ९२ अर्ब ५० करोड डलर रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro