site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशलाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका छन् । ६२औँ इन्जिनियर्स दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हाल देशको अवस्था राम्रो नभएको उल्लेख गरे ।

देशको अवस्था राम्रो नभए पनि नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको उनले बताए । उनले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्ज्वल रहेकाले कुनै शंका नगरी मुलुक निर्माणको काममा लाग्न आग्रह गरे । हरेक क्षेत्रमा देखिएका समस्या सरकारले समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ ।

इन्जिनियर क्षेत्रको समस्याप्रति आफू गम्भीर रहेको प्रधानमन्त्री ओलीले बताए । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro