site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डाइनोसरको कंकाल ४४.६ मिलियन डलरमा बिक्री
तस्बिर : ईपीए ।

न्युयोर्क । हालसम्म पाइएको सबैभन्दा ठूलो डाइनोसरको कंकाल न्युयोर्कको एउटा लिलामीमा बुधबार ४४.६ मिलियन (पाँच अर्ब ९५ करोड ९७ लाख ९९ हजार ८८० रुपैयाँबराबर)मा बिक्री भएको छ । त्यसको नाम एपेक्सका साथै स्टेगोसाउरस पनि हो ।

ब्रोकर कम्पनी सोथेबाइले हालसम्म प्राप्तमध्ये यो पूर्ण कंकाल भएको  जनाएको छ । उक्त कंकाल ११ फिट अग्लो र २७ फिट लामो छ ।

यसलाई खरिद गर्नेले आफ्नो नाम नखुलाए पनि प्रतिक्रिया दिँदै भनेका छन्, “एपेक्स अमेरिकामा जन्मेको हो । अब अमेरिकामा नै बस्न गइरहेको छ ।”

सन् २०२२ मा जीवाश्मविद् जसोन कूपरले कोलोराडोमा एपेक्स पत्ता लगाएका थिए । लिलामीका क्रममा सातजना बढाबढमा सामेल  थिए ।

एपेक्स १५० मिलियन वर्ष (१५ करोड वर्ष)अघि पृथ्वीमा रहेको मानिएको छ । यसअघि, अर्को डाइनोसरको जीवाश्म सन् २०२० मा ३१.८ मिलियन डलरमा बिक्री भएको थियो । स्टान पनि भनिने त्यसको नाम टाइरानोसाउरस रेक्स थियो । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro