site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
SkywellSkywell

 

तनहुँ । देशिक रोजगारीमा जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मंलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रूपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैंक खातामा पैसा जम्मा गर्न लगाएर ७९ लाख ९७ हजार ९१९ लिएकी थिइन् । 

प्रहरीले उनको साथबाट चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ ।

उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।” रासस

   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu