site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अख्तियारमा एक वर्षमा परे साढे २६ हजार उजुरी, २०१ मुद्दा दायर गर्दा आठ अर्ब ३५ करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २६ हजार ५२२ वटा उजुरी परेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ती उजुरी परेको अख्तियारले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

“आर्थिक वर्ष २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ तथा तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६९ गरी कुल ३५ हजार ७९० उजुरीहरू रहेकामध्ये २७ हजार ३७५ उजुरी फर्स्योट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ,” अख्तियारले विज्ञप्तिमा भनेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ । 

विशेष अदालतमा दायर गरिएका मुद्दामा ५८ वटा गैरकानुनी लाभहानि, ४८ वटा घुस, ३४ वटा नक्कली शैक्षिक प्रमाणपत्र, ३४ वटा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी, १३ वटा राजस्व चुहावट तथा हिनामिना, ११ वटा गैरकानुनी सम्पत्ति आर्जन र तीन वटा विविध छन् ।

विशेष अदालतमा दायर गरिएका मुद्दामा आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

गत आर्थिक वर्ष दायर गरिएका कुल २०१ मुद्दामा प्रतिवादीको संख्या एक हजार ५२० रहेको छ । जसमा सरकारी कर्मचारी ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी दुई, विचौलिया दुई, व्यवसायी ९१ र अन्य व्यक्ति ६१९ जना रहेका छन् ।

गत आर्थिक वर्ष रंगेहात (घुस लिइरहेको अवस्थामा) पक्राउका ३१ वटा घटना भएको अख्तियारले जनाएको छ । उनीहरूबाट नगद ५१ लाख ४२ हजार ५०० रुपैयाँ बरामद गरिएको थियो ।

रंगेहात पक्राउ परेका ४४ जनामा ३२ जना सरकारी कर्मचारी, नौजना लेखापढी व्यवसायी/विचौलिया तथा मतियार र तीन जना वडाध्यक्ष छन् ।

गत आर्थिक वर्ष अख्तियारले विशेष अदालतबाट भएका फैसलाहरू चित्त नबुभेपछि ९२ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro