site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा जलाउनुअघि स्थानीयले कब्जा गरेका थिए गाडी

काठमाडौं । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन पुगेको टोली सवार आरएस इन्जिनियरिङ सोलुसनको एउटा गाडीमा बुधबार आगजनी गरिएको छ । भरतपुर महानगरपालिका–७ का स्थानीयले वाग्मती प्रदेश०१ ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।

सर्भे गर्न बाराका २१ वर्षीय अजित बस्नेत र धादिङका ३५ वर्षीय गाडी चालक दिलीप तामाङ चितवन पुगेका थिए । उनीहरू रेलमार्गको गुगल म्याप सर्भे गर्न गएका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

रेलमार्गको सर्भे बस्ती भएका ठाउँबाट गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । त्यही बेला पुगेको उक्त टोलीको गाडीलाई सुरुमा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

चालक तामाङका अनुसार, सर्भे गर्ने आवश्यक सामानसहित पुगेको गाडी स्थानीयले कब्जामा लिएका थिए । उनले बाह्रखरीसित भने, “सुरुमा स्थानीयले गाडी कब्जामा लिए । गाडीमा सवार आफूहरू समेत असुुरक्षित देखिएपछि प्रहरीले चौकीमा ल्याए । तर, गाडी भने स्थानीयकै कब्जामा राखे । त्यही गाडी आगजनी गरेका हुन् । मैले गाडी नै देख्न पाएको छैन ।”

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro