site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
५४ अंकले बजार बढ्दा १२ अर्बको सेयर कारोबार

काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो लागेको सेयर बजार साताको चौथो कारोबारमा पनि उल्लेख्य बढेको छ । यस दिन बजार ५४.०४ अंकले बढेको हो ।

अघिल्लो कारोबारमा बजार ७० अंकले बढेको थियो । आजको कारोबारसँगै समग्र बजार परिसूचक २३६४.६३ मा कायम छ ।

Dabur Nepal
NIC Asia

बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँबराबरका तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर एक लाख ४९ हजार ६८१ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

अघिल्लो कारोबार दिन नौ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्दा सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रो र सीईडीबी हाइड्रोको सेयर उच्च कमाउने कम्पनीको शीर्ष स्थानमा परे ।

समूहगत उपसूचकतर्फ व्यापार समूहमा उत्साह देखियो । व्यापार समूह २२९ अंक अर्थात् ७.३० प्रतिशतले बढ्यो । फाइनान्स समूह ५.५, होटेल समूह ५.५५ प्रतिशतले बढ्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro