site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्षीले माग राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्छ : विश्वप्रकाश
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्‍मा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन् । मंगलबार संसद भवनबाट निस्कने क्रममा उनले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताए । 

उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने उनको भनाइ थियो । भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सबैमाथि छानबिन हुनुपर्ने शर्माले बताए । 

अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वाभाविक रूपमा पद त्याग गर्नुपर्ने भए पनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उनले उल्लेख गरे । उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको तर्क छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्