site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शंकराचार्यले केदारनाथधामबाट २२८ केजी सुन हराएको बताएपछि विवाद
SkywellSkywell

उत्तराखण्ड । शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले केदारनाथधामबाट २२८ केजी सुन हराएको आरोप लगाएका छन् । तर, मन्दिरका अधिकारीले उक्त आरोप पुष्टि गर्ने प्रमाण उपलब्ध गराउन चुनौती दिएका छन् ।

शंकराचार्यले त्यो मन्दिरबाट करोडौँ पर्ने उक्त परिमाणको सुन हराएको सनसनीपूर्ण अभिव्यक्ति दिएका थिए । दिल्लीमा केदारनाथ मन्दिर बनाउने विषयमा विरोध गर्ने क्रममा उनले त्यस्तो आरोप लगाएका थिए ।

Dabur Nepal
NIC Asia

भारतमा रहेका चार शंकराचार्यमध्ये स्वामी अभिमुक्तेश्वरानन्द सरस्वती उत्तराखण्डको ज्योतिर मठमा बस्ने गर्छन् ।

शंकराचार्यले २२८ केजी सुन हराउँदा पनि छानबिन नगरिएको र त्यसलाई कुनै मुद्दा नबनाइएको बताएका थिए । दिल्लीमा पनि केदारनाथ मन्दिर बनाउने भनेर अर्को काण्ड गर्न लागिएको उनको आरोप थियो ।

बद्रीनाथ केदारनाथ मन्दिर समितिका अध्यक्ष अजेन्द्र अजेयले विवादमा आउने शंकराचार्यको बानी भएको भन्दै प्रमाण दिन माग गरेका छन् । उनले शंकराचार्यले लगाएको आरोप दुर्भाग्यपूर्ण भएको समेत बताएका छन् । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu