site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा ७० अर्बको विदेशी लगानी प्रतिबद्धता, ११ अर्ब स्वीकृत
SkywellSkywell

काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्बभन्दा बढी रुपैयाँको विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत वर्ष (२०८०) को साउनदेखि यस वर्ष (२०८१)को असार मसान्तसम्म नेपालमा ७० अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

जसमा अटोमेटिक रुटबाट आठ अर्ब ११ करोड रुपैयाँ र विभागले स्वीकृत गरेको ६१ अर्ब ९० करोड रुपैयाँको प्रतिबद्धता छ ।

प्रतिबद्धताको तुलनामा यस वर्ष करिब साढे १६ प्रतिशत लगानीमात्रै सम्झौतापछि स्वीकृत भएको छ । विभागका अनुसार असार मसान्तसम्म ११ अर्ब ६५ करोड ६८ लाख रुपैयाँका ६५ परियोजनामा सम्झौता भएको छ ।

Dabur Nepal
NIC Asia

Lagani--1721134055.jpeg
 

जसमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता पर्यटन क्षेत्रमा (४८ प्रतिशत) आएको छ । दोस्रोमा सेवा क्षेत्रमा ३३ प्रतिशत लगानीको प्रतिबद्धता छ । उत्पादन क्षेत्रमा ११, सूचना प्रविधि क्षेत्रमा तीन र कृषि क्षेत्रमा दुई प्रतिशत प्रतिबद्धता छ । पूर्वाधार, खनिज र उर्जा क्षेत्रमा एक–एक प्रतिशतमात्रै विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

सबैभन्दा बढी ३८६ साना उद्योगमा, १५ मझौला र ६ ठूला उद्योगमा लगानीको प्रतिबद्धता आएको छ ।

नेपालबाट एक वर्षमा विदेशी कम्पनीले १० अर्ब ७ करोड रुपैयाँ लाभांश लगेका छन् ।

पाँच खर्ब नाघ्यो एफडीआई

विभागका अनुसार हालसम्म नेपालमा स्वीकृत विदेशी लगानी पाँच खर्ब नाघेको छ । विभागको तथ्यांक अनुसार सुरुवातदेखि हालसम्म पाँच खर्ब ११ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ विदेशी लगानी नेपालमा स्वीकृत गरिएको हो । विभागका अनुसार यो भित्रिएको लगानी नभएर स्वीकृत प्रतिबद्धतामात्रै हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu