site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंकले ८.९९ प्रतिशत ब्याजदरमा सात वर्षका लागि 'ईभी–अटोलोन' दिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । एनएमबि बैंकले ८.९९ प्रतिशत  निश्चित ब्याजदरमा विद्युतीय सवारीसाधन खरिद गर्न सात वर्ष अवधिका लागि ऋण उपलब्ध गराउने भएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्ने बैंकले जानकारी दिएको छ । लचिलो भुक्तानी विकल्पहरू र द्रूत स्वीकृति प्रक्रियासहित ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नेछन् ।

एनएमबि बैंकले देशभरि २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro