site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो शिखर सम्मेलनमा रुस पनि हुनुुपर्ने जेलेन्स्कीको प्रस्ताव

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन मामिला सम्बन्धी हुने दोस्रो विश्व शिखर सम्मेलनमा रसिया पनि उपस्थित हुनुपर्ने बताएका छन् । गएको जुन १५मा उक्त विषयमा पहिलो शिखर सम्मेलन स्वीजरल्यान्डमा भएको थियो । उक्त सम्मेलनमा विश्वका करिब ९० देशका प्रतिनिधिको सहभागिता भए पनि रसियालाई निम्तो दिइएको थिएन ।

अमेरिकामा भएको नेटो सम्मेलनमा भाग लिएर फर्किएपछि किभमा पत्रकार सम्मेलन गर्दै जेलेन्स्कीले मस्कोसँग प्रत्यक्ष संवादका लागि ढोका खोलेका हुन् ।

“मेरो विश्वास छ, रसियन प्रतिनिधि दोस्रो शिखर सम्मेलनमा हुनुपर्छ”, उनले भनेका छन् । उनले दोस्रो शिखर सम्मेलनका लागि आवश्यक तयारी भइरहेको र सो भन्दा अघि केही बैठक गरिने जनाएका छन् ।

जस अन्तर्गत उर्जा सम्बन्धी बैठक कतारमा हुनेछ भने खाद्य सुरक्षा सम्बन्धी बैठक टर्कीमा हुनेछ । बन्दी आदानप्रदान र मानवीय मामिला सम्बन्धी बैठक क्यानडामा हुनेछ । एजेन्सी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro