site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनलाई तोसिमाको प्रश्न– तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ?

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले नयाँ मन्त्रीपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

"दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा जम्मा दुई महिला अटाउन सकेछन् । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहिँ हामी अनिवार्य गराउँछौँ भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ । तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो ? संविधान र लोकतन्त्रको मूल्यमान्यता कहाँ गयो ?," उनले प्रश्न गरिन् ।

सांसद कार्कीले जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई शुभकामना दिइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro