site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुँदै, को–को हुँदैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् । 

कांग्रेस र एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउनेछन् । सरकारमा क–कसलाई पठाउने भन्नेमा कांग्रेस र एमालेको शीर्ष तह आन्तरिक छलफलमा छ । 

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने एमाले स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।

यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ । यद्यपि, शपथसम्ममा प्रधानमन्त्री ओलीले केही नाम हेरफेर गर्ने सम्भावना भने रहने स्रोतको भनाइ छ । 

नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । यो समूहले हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम पार्टी सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको स्रोतको दाबी छ । 

कांग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro