site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीले आज शपथ लिँदै  
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त ओलीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजेका लागि शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो ।  नेपाली कांग्रेस र नेकपा एमालले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेस गरेका थिए । 

७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो । 

सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । आजै मन्त्रीहरू पनि नियुक्ति गर्ने तयारी भएको नेताहरूले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०५:३१
प्रतिक्रिया दिनुहोस्