site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से ५३ अंकले बढ्दा सबै समूहगत परिसूचकमा हरियाली
SkywellSkywell

काठमाडौं । सरकार फेरिने प्रक्रियसँगै सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन् । केही समयअघि दैनिक घटेर १८ सय विन्दुसम्म झरेको बजार आइतबार उच्च अंकले बढेर २२५७.५७ विन्दुमा बन्द भएको छ ।

यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.९७ अंकले बढेको हो । सात अर्ब ६२ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Dabur Nepal
NIC Asia

कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक र हाइड्रोपावर समूहको भएको छ । वाणिज्य बैंकको परिसूचक ३.७४ प्रतिशतले बढेको छ । हाइड्रपावर समूहको परिसूचक ३.३० प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ ५ बजेसम्म नयाँ सरकारका निम्ति दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ सरकारको नेतृत्व नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरी नेपाली कांग्रेससँग सहमति भएको छ ।

ओली नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री हुने हल्लासँगै बजारमा हरियाली छाएको कतिपयको बुझाइ छ । पौडेल अर्थमन्त्री हुँदा यसअघि पनि बजार उच्च अंकले बढेको तथ्यांक छ ।

आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ । ३६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । रिडी पावर कम्पनी र मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu