site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकाबाट हराएका २१ थान दुईपांग्रे सवारीसाधन फेला
Tiktok banner adTiktok banner ad

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपांग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाका सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँ बसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी, चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए । हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बरप्लेटमा र केही नक्कली नम्बरप्लेट राखेको अवस्थामा फेला परेका प्रहरी उपरीक्षक खड्काले बताए ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा ४१७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

अवैध रूपमा नेपाल भित्र्याइएका १७ सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

ट्राफिकले चालु आवमा सवारीसाधन चोरी गर्ने ४१ जनालाई पक्राउ गरी कारबाहीका निम्ति प्रहरी कार्यालयमा बुझाएको छ ।

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्ने र मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro