अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बजार खुलेको २० मिनेटमा ४३ अंकले बढेको छ । उक्त अवधिमा २१८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ ।
२० मिनेटमा १.९९ प्रतिशतले बढेर २२४८.५० विन्दुमा पुगेको छ । उक्त अवधिमा एक अर्ब ३५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रि–ओपनिङ सेसनमा पनि ३४.७९ अंकले बढेको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्