site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युरोपेली राजधानी रुसको निसानामा पर्न सक्ने क्रेमलिनको चेतावनी

मस्को । क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रुसले युरोपेली राजधानीलाई निसाना बनाउन सक्ने चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभासपूर्ण’ कुरा गर्दै भने, “युरोप हाम्रो क्षेप्यास्त्रको निसाना हो । हाम्रो देश युरोपमा रहेका अमेरिकी क्षेप्यास्त्रको निसाना हो ।”

रुसी सरकारी टेलिभिजन रसिया–वनसँग कुरा गर्दै उनले भने, “हामीसँग यी क्षेप्यास्त्रको सामना गर्न पर्याप्त क्षमता छ । तर, यी देशका राजधानीहरू सम्भावित पीडित हुनेछन् ।”

कार्यक्रमका प्रस्तोता पावेल जारुबिनले सोभियत संघको पतनसँगै शीतयुद्ध समाप्त भएको औँल्याइरहँदा पेस्कोभले टकराबले समग्र युरोपलाई कमजोर पार्न सक्ने संकेत गर्दै भने, “अहिलेको युरोप आफ्नो सबैभन्दा राम्रो क्षणमा रहेको छैन । फरक परिप्रेक्षमा इतिहासको पुनरावृत्ति अपरिहार्य छ ।”

ह्वाइटहाउसले नाटोको शिखर सम्मेलनका क्रममा सन् २०२६ देखि जर्मनीमा टोमाहक क्रुज क्षेप्यास्त्रलगायत लामो दूरीका हतियार समय–समयमा तैनाथ गर्ने घोषणा गरेको थियो । सम्मेलनमा ह्वाइटहाउसले भनेको थियो, “यी उन्नत क्षमताको प्रयोगले नाटोेप्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता र युरोपेली एकीकृत निरोधमा अमेरिकाको योगदानलाई प्रदर्शित गर्नेछ ।”

क्रेमलिनले यो कदमको आलोचना गर्दै वासिङटनले नयाँ शीतयुद्धतर्फ कदम चालेको र युक्रेनको द्वन्द्वमा प्रत्यक्ष रूपमा सहभागी भएको आरोप लगाएको छ ।

रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग टेलिफोन वार्ता गरी सम्भावित तनावको जोखिम कम गर्ने विषयमा छलफल गरेको रुसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् २०२२ मा युक्रेनमा रुसको सैन्य अभियान सुरु भएपछि अमेरिकाको नेतृत्वमा नाटो सदस्य राष्ट्रहरूले युरोपमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro