कला
काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ चलचित्रमा अभिनय गर्ने अवसर उपहार मिलेको छ । शनिबार खगेन्द्रको जन्मदिनको अवसर पारेर चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा निर्माणपक्षले उनलाई अनुबन्ध गरेको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र साउन २५ गतेबाट छायांकनमा जानेछ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अन्य कलाकारहरू फाइनल भइसकेको छैन ।
यो चलचित्र बुद्धिसागरले लेखेका हुन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रूपमा छन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ ०७:२१
प्रतिक्रिया दिनुहोस्