site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालसहितका देशबाट मानव तस्करी गर्ने १०८ एजेन्ट भारतमा पक्राउ

नयाँ दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट प्रहरीले गएको जुन ३० सम्ममा नेपालसहित विभिन्न देशबाट मानव तस्करी गर्ने १०८ एजेन्टलाई पक्राउ गरेको जनाएको छ ।

सोही अवधिमा सन् २०२३ मा ५७ जना पक्राउ परेका थिए । घटना ८९.५ प्रतिशतले बढेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका १०८ एजेन्टमा धेरैजसो पन्जाब, गुजरात, हरियाणा, महाराष्ट्र र पश्चिम बंगालका भएका जनाइएको छ ।

तीमध्ये १९ ‘फेक भिसा’सम्बन्धी र २४ जना अरू कसैको पासपोर्टमा उनीहरूका ‘ग्राहक’ यात्रा गरेका पाइएको जनाइएको छ ।

यस्तै, नक्कली ‘सेन्जेन भिसा’को प्रयोग गरेर अजरबैजान वा कजाखस्तानसम्म पुर्‍याउने र त्यहाँबाट मध्य अमेरिकी वा क्यारेबियन देश हुँदै अमेरिका छिराउने अभियानमा लागेका पनि ११ जना पक्राउ परेका बताइएको छ । उक्त प्रक्रिया अपनाउनेलाई ‘डंकी रुट’को नाम दिइएको छ ।

पक्राउ परेकाले बंगलादेश, श्रीलंका, अफगानिस्तान, म्यानमार र नेपालका मानिसलाई विदेशमा काम गर्न भनेर त्यसरी पठाउने गरेका जनाइएको छ । हिन्दुस्तान टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro