site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ पहिरोमा तीन यात्रु हाम फालेर बाँचे, ६२ यात्रुको अवस्था अज्ञात 
उद्धारमा खटिँदै प्रहरी, सशस्त्रसहित गोताखोरको टोली

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारीअनुसार पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ ।

सोही दुर्घटनामा तीनजना यात्रु हाम फालेर बाँचेको चितवन प्रहरीले जनाएको छ । एउटा बसको केही भागमात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । उनका अनुसार दुईवटा बस बगेको भनिए पनि अर्को बसको केही पत्तो लागेको छैन ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सबाट हाम फालेका तीन यात्रु भने सकुशल रहेको डीएसपी रिजालले जानकारी दिए । अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गोताखोरको टोली खटिएको छ । उद्धारको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । 

दुवै बसमा जम्मा ६५ यात्रु रहेको बताइएको छ । त्यसमध्ये तीनजना हाम फालेर बाँचेका छन् भने बाँकी ६२ यात्रुको अवस्था अज्ञात रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro