site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका नेपालीको पहिचान खुल्यो
SkywellSkywell

मोन्टाना । अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । उनी २८ वर्षीय राजु झा हुन् । उनको नेपालमा घर  जनकपुर हो  ।

झा २०१९ मा साउदर्न इलिनोइस युनिभर्सिटी कार्बोन्डालेमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्नका लागि अमेरिका गएका थिए । मास्टर्स डिग्री पूरा गरेपछि उनले जाकोब इन्जिनियरिङ पोर्टल्यान्डमा २०२१ मा काम थालेका थिए । उनका साथी प्रशान्त नरेन्द्रनले झा चम्किलो तारा जस्तो भएका बताए । झा यो संसारमा नभएको भन्ने बारेमा विश्वास गर्नै गाह्रो भएको उनले जनाएका छन् । उनका अनुसार झाका नेपालमा आमा, बाबु र एक भाइ छन् ।

KFC Island Ad
NIC Asia

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको जनाएका छन् । यसअन्तर्गत तीन दिनमा ३९ हजार डलर उठेको र सो रकम ५० हजार सम्म पुर्याउने लक्ष्य लिइएको उनले जनाएका छन् ।

यसैगरी सोही दिन अलग्गै घटनामा मृत्यु हुने भारतीय नागरिक २६ वर्षीय भिथ्थल पाटील भएको जनाइएको छ । दुवैको गएको शनिबार मृत्यु भएको थियो । पार्कका अधिकारीहरूका अनुसार नेसनल पार्कका दुई अलग क्षेत्रमा ती दुर्घटना भएका थिए । 

Royal Enfield Island Ad

शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूका साथ पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए । 

उनका साथीहरूका अनुसार उनी पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव राति ८ः३० बजेतिर बाहिर निकालिएको थियो । उनी साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका थिए ।  

घटनामा परेका २६ वर्षीय भारतीय नागरिक  शनिबार बिहान ८ः३० तिर त्यहाँ पुगेका थिए । भारतीय नागरिक क्यालिफोर्नियाबाट साथीहरूसँग बिदा मनाउन त्यहाँ पुगेको  जनाइएको छ । 

पार्कका अधिकारीहरूले उनीहरूको परिवारलाई खबर गरिदिनका लागि नेपाल र भारतका कन्सुलेटलाई घटनाबारे जानकारी गराएको यस अघि उल्लेख गरेका थिए । ग्लेसियर नेसनल पार्क उत्तरपश्चिम मोन्टानामा रहेको छ । जुन क्यानडा र अमेरिकाको सीमा क्षेत्रमा पर्दछ । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro