site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उरुग्वेलाई हराउँदै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा 

काठमाडौं । दोस्रो सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम उरुग्वेविरुद्ध १–० को जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जेफेरसन लेर्माले निर्णायक गोल गरे । खेलको ३९औँ मिनेटमा लेर्माले गोल गर्दै कोलम्बियालाई अग्रतामा राखेका थिए । पहिलो हाफको इन्जुरी समयमा ड्यानिल मुनोजले रातो कार्ड पाएर मैदान छाडेपछि कोलम्बियाले दोस्रो हाफ १० खेलाडीमा टुंग्याएको थियो । तर, पनि उरुग्वेले कोलम्बियन रक्षापंक्ति तोड्न सकेन ।

Dabur Nepal
NIC Asia

जितसँगै कोलम्बिया २३ वर्षपछि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । यसअघि कोलम्बियाले सन् २००१ मा कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त संस्करणको फाइनलमा मेक्सिकोविरुद्ध जित निकाल्दै कोलम्बिया प्रतियोगिताको च्याम्पियन समेत बनेको थियो ।

कोलम्बियाले अब उपाधिका निम्ति साविक विजेता अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

यसअघि अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल जुन १५ मा नेपाली समयअनुसार बिहान ५ः४५ बजे हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro