site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० केजी सुन प्रकरणमा थप १६ जना कारागार चलान, तीन जनासँग मागियो धरौटी
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । साठी केजी सुन तस्करीको थप अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधबार थुनछेक आदेशमार्फत काठमाडौं जिल्ला अदालतले तीन जनासँग धरौटी मागेको छ ।

अदालतले कान्छा लामा, रूपक भण्डारी र प्रेमनाथ सेढाईंसँग धरौटी मागेको हो । अदालतले लामा र भण्डारीसँग समान ९६ लाख रुपैयाँ र सेढाईंसँग ५७ लाख रुपैयाँ धरौटी मागेको छ ।

KFC Island Ad
NIC Asia

अन्तर्राष्ट्रिय संलग्न रहेको आरोप लागेका कुङ्गा टासी शेर्पा भनिने चिनियाँ नागरिक गेङ्गा झाक्सी, सोनाम गुरुङ भनिने शेराब ग्याल्मो र प्रशान्त गणेश बजबलकर कारागार चलान भएका छन् ।

यसैगरी, नेपालमा सुन बिक्री वितरणको काममा सहयोग गरेको आरोप लागेका धिरज दिनेश भोइटे, सिद्धनाथ अशोक गायकवाड र बैजनाथ ब्रह्मादत्त गोयल पनि जेल चलान भएका छन् ।

Royal Enfield Island Ad

यसैगरी मुख्य सहयोगी मानिएका सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री मनोजराज पनि कारगार चलान भएका छन् ।

अदालतले पे वेल र सजिलो पेमेन्टका भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य र सुरज शम्शेर जबरा, फुनसुक डाग्पा अथुपछाङ खम्पा र काश्यप मानन्धरलाई पनि जेल चलान गरेको छ ।

पैसा ट्रान्सफर गर्ने एजेन्ट लालबहादुर कुँवर अरूणकुमार यादव पनि जेल चलान भए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro