site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन– फाइल अड्काएर जनतालाई दुःख नदिनूस्  
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकका काममा ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सोमबार यस्तो निर्देशन दिएका हुन् । 

“अर्थ, कानुन भनेर कुनै फाइल ४८ घन्टाभन्दा बढी रोकिन भएन, सरकारी कामको यो रवैया हुनु भएन,” मन्त्री पौडेलले भने ।

साथै, पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन पनि उनले कर्मचारीहरूसँग आग्रह गरे । पुँजीगत खर्च कम हुनु गम्भीर समस्या भएकाले सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय बन्नुपर्ने उनको जोड छ । 

हाल थपिएका निःशुल्क उपचारका सेवाहरू लोकप्रिय हुन नगरी राज्यलाई कम भार पर्ने र स्रोत सुनिश्चित भएका निर्णयहरू गरिएको मन्त्री पौडेलले प्रस्ट पारे । “पपुलिष्ट बन्न हैन, कम भार थपेर नागरिकलाई सजिलो पार्न निःशुल्क सेवा थपेका हौँ,” उनले भने ।

यस्तै, १० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउन पनि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च तथा सुधार योजना ल्याउनुपर्ने उनको जोड छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro