site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन दिन ४३ जिल्लामा भारी वर्षाको सम्भावना, केहीमा 'अति भारी वर्षा' हुन सक्ने

काठमाडौं । मौसम पूर्मानुमान महाशाखाले आज (असार २६ गते)देखि आगामी शनिबार (असार २९ गते) सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

Dabur Nepal
NIC Asia

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ ।

भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना छ । यी दुवै प्रणालीहरूको प्रभावका कारण नेपालमा मनसुन शनिबार बिहानसम्म सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोसी प्रदेशका १३ जिल्ला, मधेसका आठ जिल्ला, वाग्मतीका सात जिल्ला, गण्डकीमा नौ जिल्ला र  लुम्बिनीका ६ जिल्लालाई उच्च जोखिममा राखेको छ ।

Monsoon-(2)-1720618390.png
महाशाखाले जारी गरेको मनसनु विशेष बुलेटिनमा आज रातिदेखि शनिबार बिहानसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पढ्नुहोस्

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro