site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने, शिक्षा संकायबाहेकलाई पनि लाइसेन्स !

काठमाडौं । विद्यालय शिक्षाको पाठ्यक्रम परिर्वतन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ । 

आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिको बैठकमा पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने विषयमा सहमति जुटेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, बैठकमा शिक्षा संकायबाहेकले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति भएको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने सहमति समितिले गरेको हो ।

विद्यालय शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसद्‌मा पेस गर्ने गरी समिति छलफलमा जुटेको छ ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्