site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित न्यायाधीश पोखरेललाई एमालेको सुझाव– प्रक्रियाबाट बाहिरिनुस्

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई बाँकी प्रक्रियाबाट आफैं घोषणा गरेर बाहिरिन सुझाव दिएका छन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पनि प्रस्तावित न्यायाधीश पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।

पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् । केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए ।

सांसद शर्माले भने, “मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त ? यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यि व्यवहार छन् ।”
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्