site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा बाढीले कारसहित बगाएकी महिलाको उद्धार (भिडियोसहित)

काठमाडौं । काठमाडौंमा प्रहरीले गएराति बाढीले बगाएको अवस्थामा एउटा कारभित्र रहेकी महिलाको उद्धार गरेको छ ।

काठमाडौं प्रहरीले दिएको जानकारीअनुसार गएराति सवा १० बजेतिर काठमाडौंको टोखा नगरपालिका ग्रान्डी अस्पताल पछाडि विष्णुमती खोला किनाराबाट बाप्र ०१–०३१ च ६१४१ नम्बरको प्राइभेट कार एक्कासि खोलामा खसेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

bageko-car2-1750907542.JPG
 

कार काठमाडौं धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको प्रहरीले जनाएको छ । गाडी खोलामा खस्नासाथ उनी किनारामा हाम फालेका थिए । तर गाडीभित्रै रहेकी भावना ओली भने बाहिरिन नसकेपछि कारसँगै बगेकी थिइन् ।
गाडीभित्रै बगेकी उनलाई बानियाँटार पुलमा आइपुगेको अवस्थामा निकालिएको थियो ।

उनलाई प्रहरी र स्थानीयको सहयोगमा गाडीभित्रबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घाइते अवस्थामा रहेकी उनी र उनको उद्धारमा घाइते भएकाहरुलाई उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएको छ ।
क्रेनको सहायताले कार पनि बाहिर निकालिएको प्रहरीले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्