site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसमा विपक्षी नेता अलेक्सेईकी श्रीमतीविरुद्ध पक्राउ पुर्जी

मस्को । रसियाको एक अदालतले तत्कालीन विपक्षी नेता अलेक्सेई नाभाल्निकी श्रीमती युलियालाई पक्राउ गर्न मंगलबार आदेश दिएको छ ।

अलेक्सेईको यो वर्षको सुरुमा रुसी जेलमा मृत्यु भएको थियो । युलियाले सन् २०२१मा रुस छोडेकी थिइन् । युलिया श्रीमानको मृत्युपछि जर्मनीमा बस्दै आएकी छन् । 

रुस फर्किएमा उनी तुरुन्तै पक्राउ पर्नसक्ने समाचारमा उल्लेख छ । अलेक्सेइको गएको फेब्रुअरीमा रुसको पेनल कोलोनीस्थित जेलमा मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर प्रश्न उठिरहेका छन् । उनी रुसमा भ्रष्टाचार बढेको विषय र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक थिए ।
 
युलियाले आफ्ना श्रीमानलाई रुसी राष्ट्रपति पुटिन र रुस सरकारले मारेको आरोप लगाएकी थिइन् । उनले अलेक्सेईका तर्फबाट अघि बढाएका काम आफूले जारी राख्ने बताएकी थिइन् ।
रुसको बेसमान्नी डिस्ट्रिक्ट कोर्टको प्रेस अफिसले वक्तव्य जारी गर्दै उनलाई पक्राउको आदेश दिएको हो । यसमा उनीमाथि लगाइएको अभियोग भने खुलाइएको छैन ।

युलियाकी प्रवक्ता किरा यार्मिसले सामाजिक सञ्जाल एक्समा अदालतले उनीमाथि अतिवादी समूहमा सहभागी भएको जनाएको उल्लेख गरेकी छन् ।
(द हिल)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro