site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस कसको नेतृत्वमा जाँदैछ सरकारमा ? उपप्रधानमन्त्री नराख्न ओली–देउवाबीच छलफल 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकार गठनको तयारीमा लागेको छ । प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।

उनको पक्षमा अहिलेसम्म नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीमात्रै रहेका छन् । त्यसकारण दाहालले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ । दाहालले यसअघि कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल गरे पनि सम्भावना कम देखिएको छ ।

“पहिला ठूलो दलको नेतृत्वमा सरकार बनाउँदा हुन्छ भन्ने धारणा आएकै हो,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “अहिले शुक्रबार विश्वासको मत माग्ने तयारी छ । त्यसपछि के हुन्छ अहिले भन्न सकिँदैन ।”

Dabur Nepal
NIC Asia

उनका अनुसार प्रधानमन्त्रीले आफ्नो सरकार टिकाउन र कांग्रेस नेतृत्वमा सरकार बनाउने विषयमा कुनै पहल गरेका छैनन् ।

तर अहिले एमाले र कांग्रेसमा भने सरकारमा को को जाने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ ।

कांग्रेसमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा महामन्त्री गगन थापा, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये एकलाई पठाउने तयारी छ ।

तर यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उपप्रधानमन्त्री नराख्ने विषयमा छलफल भएकाले उपप्रधानमन्त्रीबाहेक जानुपर्ने अवस्था भएमा त्यसबाहेकका नेतालाई पठाउने तयारीबारे पनि छलफल भएको स्रोत बताउँछ ।

कांग्रेसमा रमेश लेखक र आरजू राणा देउवा सरकारमा सहभागी हुने करिब पक्काजस्तै भए पनि बाँकीको टुंगो नलागेको स्रोतले जानकारी दियो ।

“गृह मन्त्रालयमा रमेश लेखकलाई पठाउने सभापतिज्यूको तयारी छ,” उनी निकट स्रोतले भन्यो, “आरजू राणा सरकारमा सहभागी हुने भए पनि परराष्ट्र या अरु कुनै मन्त्रालयमा पठाउने कि भन्नेबारेमा छलफल भएको छ ।”

कांग्रेसमा देउवा, शेखर कोइराला, गगन थापालगायतको छुट्टाछुट्टै समूह भएकाले सबैलाई मिलाएर सरकारमा नपठाए समस्या पर्न सक्ने भयका कारण देउवाले अहिले त्यस विषयमा कसैसँग कुरा नगरेको उनी निकटका एक नेताले टिप्पणी गरे ।

प्रधानमन्त्रीले अर्थ र सञ्चार मन्त्रालयले राख्ने भएका कारण कांग्रेसले गृह र परराष्ट्र राख्न सक्ने ती नेताको भनाइ छ । 

साना दल पनि सरकारमा सहभागी हुन चाहेकाले उनीहरुलाई कसरी सहभागी गराउने भन्ने विषयमा पनि दुई दलबीच छलफल हुन बाँकी रहेको बताइएको छ ।

कांग्रेस सांसद तथा प्रवक्ता डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनका विषयमा सहमति भएको भए पनि को जाने भन्ने विषयमा निर्णय नभएको बताए ।

गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस–एमाले मिल्नुपरेको बताए ।

उनले सरकारमा पठाउने व्यक्तिहरु छनोट गर्दा अनुभव र क्षमता भएकालाई पनि महत्व दिनुपर्ने बताए ।

“अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्व दिनुपर्छ । सबैकुरालाई ध्यानमा राखेर सभापतिज्युले निर्णय लिनुहुनेछ,” उनले भने, “विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ । दुवै दलले छलफल गरेर सहमति बन्छ । सबैलाई मान्य हुने निष्कर्षमा हामी पुग्नेछौँ ।”

उनले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँड हुने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu